माओवादीबाट यी हुन् मन्त्री बन्नेहरू



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दैछन्। सोमबार साँझ बसेको सत्ता साझेदार दलहरूको बैठकमा मन्त्रालय भागवण्डाको समति भएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, ४ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। मााओवादीबाट प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन्।

यसबाहेक माओवादीलाई अब ३ मन्त्री र १ राज्यमन्त्री थपिने छन्। स्रोतका अनुसार संचार तथा प्रविधि मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय माओवादीको भागमा परेको छ।

सञ्चार तथा प्रविधिमन्त्रीमा रेखा शर्मा र पर्यटनमन्त्रीमा सुदन किराँती लगभग पक्का भएको मााओवादी निकट स्रोतले जानकारी दिएको छ।

भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका किराँतीले एमालेका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका हुन्। त्यस्तै, शर्माले दाङबाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन्।

बाँकी रहेको सामान्य प्रशासन मन्त्रालयमा महिन्द्र राय यादवलाई पठाउने गरी छलफल भइरहेको छ। यद्यपि यसबारे पार्टीमा छलफल गरेर मात्र औपचारिक निर्णय लिने प्रचण्डको तयारी छ।

आजै दिउँसो १ बजे मन्त्रीहरूको शपथग्रहण कार्यक्रम रहेको छ। त्यसअघि माओवादी पदाधिकारी बैठक बोलाइएको छ।

Tags :

प्रकाशित: ३ माघ २०७९, मंगलवार १०:३३