प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल यस्तो बन्छ !



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिमण्डल विस्तार गर्दैछन् ।

गएराति अबेरगरी टुङ्गिएको सत्तारूढ गठबन्धनको बैठकमा जुटेको सहमतिअनुसार एमालेले ८ मन्त्रालयसँगै १ राज्यमन्त्री पाएको छ।

यस्तै माओवादी केन्द्रले ४ मन्त्रालयसहित १ राज्यमन्त्री पाउँदा रास्वपाको भागमा ३ मन्त्रालयसँगै १ राज्यमन्त्री परेको छ।राप्रपाले ३ मन्त्री र १ राज्यमन्त्री पाएको छ ।

भागबन्डाअनुसार एमालेको भागमा परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था र महिला मन्त्रालय परेको छ भने माओवादी केन्द्रले सूचना तथा सञ्चार, भौतिक पूर्वाधार, संघीय मामिला र पर्यटन मन्त्रालय लिएको छ ।

रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय पाउने निश्चित हुँदा राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा, शहरी विकास र खेलकुद मन्त्रालय पाएको छ ।

प्रधानमन्त्री : पुष्पकमल दाहाल

उपप्रधान तथा अर्थ मन्त्री : बिष्णुप्रसाद पौडेल

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री : नारायणकाजी श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री : रवि लामिछाने

उपप्रधान तथा ऊर्जामन्त्री : राजेन्द्र लिङ्देन

मन्त्रीतर्फ

एमालेबाट-

पदम गिरी : स्वास्थ्य

डा. विमला राई पौडेल : परराष्ट्र

हरि उप्रेती : रक्षा

ज्वाला कुमारी साह : कृषि

भगवती चौधरी : महिला बालबालिका

दामोदर भण्डारी : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

राजेन्द्र राई : भूमि व्यवस्था तथा सहकारी

माओवादी केन्द्रबाट-

रेखा शर्मा : सञ्चार

सुदन किराती : पर्यटन

अमनलाल मोदी : सामान्य प्रशासन

रास्वपाबाट-

शिशिर खनाल : शिक्षा

डिपी अर्याल : श्रम तथा रोजगार

राप्रपाबाट-

विक्रम पाण्डे : सहरी विकास

ध्रुव प्रधान : कानून

जनमतबाट-

अब्दुल खान : टुंगो लाग्न बाँकी

राज्यमन्त्रीतर्फ

डा. तोसिमा कार्की : स्वाथ्य राज्यमन्त्री

दिपकबहादुर सिंह : सहरी विकास

Tags :

प्रकाशित: ३ माघ २०७९, मंगलवार १२:३९