नवनियुक्त मन्त्रीहरूले लिए शपथ, कसले पाए कुन मन्त्रालयको जिम्मेवारी?



काठमाडौं। नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन्।

उपप्रधानमन्त्रीमा राजेन्द्र लिङ्देनसहित अन्य दलका मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन्।

नेकपा एमालेबाट एक राज्यमन्त्रीसहित ८ जना मन्त्री बनेका छन्। त्यस्तै, माओवादी केन्द्रबाट एकजना राज्यमन्त्रीसहित र प्रधानमन्त्रीसहित छ जना मन्त्री बनेका छन्।

त्यस्तै, राप्रपाबाट एक राज्यमन्त्रीसहित ३ मन्त्री बनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री बनेका छन्।

शपथ लिएका मन्त्रीहरु
एमालेबाट
१. विमला राई पौडेल-परराष्ट्रमन्त्री
२. पदम गिरी-स्वास्थ्य मन्त्रालय
३. भगवती चौधरी-महिला बालबालिका
४. हरि उप्रेती-रक्षा मन्त्रालय

माओवादीबाट
१. रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि
२. सुदन किराती-संस्कृति तथा पर्यटन
३. अमनलाल मोदी-सामान्य प्रशासन
४. सुशिला श्रीपाली-पर्यटन राज्यमन्त्री

रास्वपाबाट
१. डोलप्रसाद अर्याल-श्रममन्त्री
२. शिशिर खनाल-शिक्षा मन्त्री
३. तोसिमा कार्की-स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

राप्रपाबाट
१. राजेन्द्र लिङ्देन-उपप्रधान तथा ऊर्जा
२‍. ध्रुवबहादुर प्रधान-कानुनमन्त्री
३. विक्रम पाण्डे-सहरी विकासमन्त्री

Tags :

प्रकाशित: ३ माघ २०७९, मंगलवार १३:१६