सभामुख चयन गर्ने कार्यतालिका सार्वजनिक



काठमाडौं। प्रतिनिधि सभाको सभामुख चयन गर्न संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ।

कार्यतालिकाअनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन्।

एक जनाभन्दा बढीको उम्मेदवारी परेमा सभामुख चयन गर्न बिहीबार मतदान हुने छ।

Tags :

प्रकाशित: ३ माघ २०७९, मंगलवार १४:५६