काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन्।
बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक छन्।
त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल छन्।
नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा, र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि सहभागी रहेका छन् । बैठकमा खासगरी सरकारमा सहभागी दलहरूलाई बोलाइएको छ।
बैठकमा खासगरी सरकारमा सहभागी दलहरूलाई बोलाइएको छ।
प्रकाशित: ३ माघ २०७९, मंगलवार १६:५७