एक लाख ४० हजार घुससहित इन्जिनियर पक्राउ



काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस मागेको आरोपमा एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ।

सप्तरी, शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

साहले निर्माण कार्यको भुक्तानी बापत सेवाग्राहीसँग घूस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको, कार्यालय, इटहरीबाट गएको टोलीले एक लाख ४० हजार रुपैयाँसहित पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Tags :

प्रकाशित: ३ माघ २०७९, मंगलवार १८:५७