काठमाडौं। सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ।
बुधबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक बसेको कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बताए।
बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने उनको भनाइ छ। सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ।
प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ। सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ।
प्रकाशित: ४ माघ २०७९, बुधबार ०९:२९