सभामुख निर्वाचनको पूर्वसन्ध्यामा देउवा भेट्न धुम्बाराही पुगे माधव र उपेन्द्र



काठमाडौं। सभामुख निर्वाचनको लागि उम्मेदवार मनोनयनको पूर्व सन्ध्यामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन्।

सभामुख निर्वाचनका लागि आज दिउँसो मनोनयन हुनेछ। कांग्रेसले सभामुखमा उम्मेदवार बनाउनेबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएकै बेला देउवालाई भेट्न माधव नेपाल र उपेन्द्र यादव धुम्बाराहीमा पुगेका हुन्।

सत्ता गठबन्धनमा जसपालाई सम्मानजनक भाग नदिइएपछि उपेन्द्र यादवले सरकारमा सहभागिता जनाएका छैनन्। उनले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक समेत बहिस्कार गरेका थिए ।

कांग्रेसले गठबन्धनबाट जसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी लगायतलाई आफूतिर तान्न खोजिरहेको छ। राष्ट्रपति चुनावलाई समेत मध्यनजर गरेर कांग्रेसले आफ्नो गठबन्धन बलियो बनाउन खोजेको हो।

माधव नेपाल र उपेन्द्रसँगको छलफलपछि कांग्रेस पदाधिकारी बैठक बस्दैछ।

Tags :

प्रकाशित: ४ माघ २०७९, बुधबार १०:५१