काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशको मुख्यमन्त्रीलाई विश्वासको मत दिन नेपाली कांग्रेसलाई आग्रह गरेको छ।
जसपा अध्यक्ष उपेन्द्र यादवले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेर विश्वासको मत मागेका हुन्।
सभापति देउवाले पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएको यादवले बताए।
‘मधेस प्रदेशमा आज मुख्यमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ, हामीलाई विश्वासको मत दिनू भन्न कांग्रेस सभापति शेरबहादुर देउवाजीलाई भेट्न गएको थिएँ,’ यादवले भने, ‘उहाँले पार्टीमा छलफल गरेर निर्णय गर्छु भन्नुभयो।’
जसपाका सरोज यादव मधेस प्रदेशको मुख्यमन्त्री छन्। उनी सत्ता साझेदार दलका तर्फबाट मुख्यमन्त्री बनेका हुन्।
प्रकाशित: ४ माघ २०७९, बुधबार ११:३९