काठमाडौं। नेपाली कांग्रेसले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने बताएको छ।
विश्वासको मत लिन आज कसको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए।
उनले जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने बताएका छन्।
उनले सत्तारुढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै कांग्रेसले मत दिँदै प्रतिपक्षी बेञ्चमा बसेर भूमिका निर्वाह गर्ने बताए।
सांसद यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।
प्रकाशित: ४ माघ २०७९, बुधबार १४:१२