काठमाडौं। हेलिकप्टर दुर्घटनामा युक्रेनका आन्तरिक मामिला मन्त्रीसहित कम्तिमा १६ जनाको मृत्यु भएको छ।
युक्रेनको राजधानी किभमा रहेको किन्डरगार्टेन नजिकै भएको हेलिकप्टर दुर्घटनामा आन्तरिक मामिला मन्त्री डेनिस मोनास्ट्रिस्किभको निधन भएको बीबीसीले जनाएको छ ।
राज्यमन्त्री तथा सचिवको पनि निधन भएको बीबीसीले उल्लेख गरेको छ ।
दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन् । मारिनेमा २ जना बालबालिका रहेका छन् ।
प्रारम्भिक प्रतिवेदनले हेलिकप्टर किन्डरगार्टेन ठोक्किएपछि आवासीय भवनमा क्षतिग्रस्त भएको बताइएको छ।
प्रकाशित: ४ माघ २०७९, बुधबार १५:१६