सिके राउतको आक्रोश : मधेसी र थारुलाई पाखा लगाइयो, प्रतिकार गर्छौं



काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको राउतको आक्रोश छ ।

बुधबार राति ट्वीटर ह्यान्डलमा उनले जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाएको उल्लेख गरेका छन् । कुरा केवल जनमत पार्टीको होइन, जसपा र लोसपा जनमत र नाउपा सबैलाई पाखा लगाउँदै शासकवर्गले बूलडोज गरेको हो, उनको आक्रोश छ।

सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेशले यसको प्रतिकार गर्ने राउतले बताए। ‘चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रो होइन भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्। मधेशले यसको प्रतिकार गर्नेछ,’ उनको ट्वीटर ह्यान्डलमा उल्लेख छ ।

जसपा र लोसपालाई सरकारभन्दा बाहिर राखिएको छ। जनमतले सुरुमै एकजना मन्त्री सरकारमा पठाइसकेको छ। सो पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति थियो। तर अहिले खानेपानी मन्त्रालय दिइएको छ । मन्त्रालयमा चित्त नबुझेर अब्दुल खान मंगलबार शपथका साथै मन्त्रालयमासमेत गएनन्।

Tags :

प्रकाशित: ५ माघ २०७९, बिहीबार ०८:५६