सभामुख निर्वाचनको मुखैमा प्रचण्ड र पौडेलबीच भेटवार्ता



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता भएको हो । दुई नेताबीच सभामुख निर्वाचनको पेरिफेरीमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो।

सभामुखको निर्वाचन आज हुँदैछ। बिहान ११ बजे निर्वाचन कार्यतालिका तोकिएको छ। सत्ता गठबन्धनले एमाले नेता देवराज घिमिरेलाई र विपक्षी गठबन्धनले कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएका छन्।

Tags :

प्रकाशित: ५ माघ २०७९, बिहीबार १०:२१