हत्या आरोपी सांसद पक्राउ गर्न कांग्रेस सांसदले गरे गृहमन्त्रीको ध्यानाकर्षण



काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसद संसद् भवन आएको भन्दै गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन्।

बिहीबार सभामुखको निर्वाचनको कार्यक्रम सुरु हुनुअघि उनले सभाध्यक्षको ध्यानाकर्षण गराउँदै हत्या अभियोग लागेका सांसदलाई सभामुखको निर्वाचनमा सहभागी नगराउन माग गरेका हुन्।

उनले त्यस्ता सांसदलाई पक्राउ गरी सदनलाई जानकारी गराउन पनि माग गरेका छन् । एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोमाथि हत्या अभियोग लागेको छ।

Tags :

प्रकाशित: ५ माघ २०७९, बिहीबार १२:२२