कांग्रेस सांसदलाई जवाफ फर्काउँदै गृहमन्त्रीले भने- गृहमन्त्रालय विधि पद्धतिभन्दा बाहिर जादैन



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निर्क्यौल गरेर मात्र बैठक चलाउन माग गरेका थिए।

सभामुखले यसबारे कुनै रुलिङ गरेनन् । तर सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थकका रुपमा संसदलाई सम्बोधन गर्ने क्रममा लामिछानेले खतिवडाले उठाएको प्रश्नको जवाफ दिएका छन्।

उनले भने, ‘विधि र पद्धतिभन्दा बारिह गएर गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैले दबाब र प्रभाव दिनु हुने छैन भन्ने विश्वास दिएको छु।’

Tags :

प्रकाशित: ५ माघ २०७९, बिहीबार १२:३१