उपसभामुखको निर्वाचन माघ ७ मा (कार्यतालिका सहित)



काठमाडौं। उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार हुने भएको छ।

बिहीबार बसेको बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सो जानकारी दिएका हुन्।

उनले आजै उपसभामुखको निर्वाचनको तालिका सार्वजनिक गर्न पनि संसद सचिवालयलाई निर्देशन दिए।

आजको बैठकमा सभामुखको निर्वाचन सम्पन्न भएको छ।

नेकपा एमालेका नेता देवराज घिमिरे १६७ मतसहित सभामुख निर्वाचित भएका हुन्।

संसद् सचिवालयले बिहीबारै उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

जसमा माघ ६ गते शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता र सोही दिन सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ।       

Tags :

प्रकाशित: ५ माघ २०७९, बिहीबार १५:५४