काठमाडौं। जीवित शिशुलाई मृत घोषणा गर्ने विराटनगर कोशी अस्पतालका तीन स्वास्थ्यकर्मी निलम्बनमा परेका छन्।
अस्पताल प्रशासनले डा. आकाश यादव, दुई पारामेडिकल अफिसर टिका अधिकारी र लक्ष्मण माझीलाई ७ दिनका लागि निलम्बन गरेर घटनाको छानबिन सुरु गरेको हो।
डा. यादवले हिजो (बुधबार) उपचारका लागि कोशी अस्पताल ल्याइएकी १८ दिने जीवित शिशुलाई मृत घोषणा गरेका थिए।
जहदा–३ भाथीगछका दिलीप मुखियाले उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा ल्याएका थिए।
डाक्टर यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शिशुको उपचार नै नगरी शिशुलाई मृत घोषणा गरिदिएको पीडित पक्षको आरोप छ। जीवित शिशुलाई मृत घोषणा प्रकरण : छानबिन समिति गठन
प्रकाशित: ५ माघ २०७९, बिहीबार १५:५९