काठमाडौं। नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति बैठक बस्दै छ। पार्टी उपसभापति पूर्णबहादुर खड्काका अनुसार शुक्रबार बिहान साढे १० बजे बस्नेगरी बैठक बोलाइएको हो।
बैठकमा उपसभामुखको उम्मेदवारबारे छलफल हुने खड्काले बताए। ‘संसदीय दल कार्यसमितिको बैठक बोलाइएको हो, उपसभामुखको निर्वाचन र उम्मेदवारबारे छलफल हुन्छ।’ खड्काले भने।
प्रकाशित: ६ माघ २०७९, शुक्रबार १०:११