काठमाडौं। बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ।
आज बिहान करिब साढे ७ बजे नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरलाइन्सको ४४० विमान ९:०६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको विमानमा सवार यात्रु मदनकुमार गौतमले जानकारी दिए।
काठमाडौंमा भिजिबिलिटी कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ।
प्रकाशित: ६ माघ २०७९, शुक्रबार १०:१८