उपसभामुखमा इन्दिराले गराइन उम्मेदवारी दर्ता



काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गराएकी छन्।

उनको प्रस्तावकका रुपमा सोविता गौतम र एमालेका कृष्णगोपाल श्रेष्ठ , राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीकी नारायणी शर्मा समर्थक छन्।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मनोनयन दिउँसो १ देखि अपरान्ह्र ४ बजेसम्मका लागि तोकिएको छ।

Tags :

प्रकाशित: ६ माघ २०७९, शुक्रबार १३:३५