काठमाडौं। नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता यादवलाई उम्मेदवार बनाउने भएको छ ।
बिहीबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले समानुपातिक सांसद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए । कांग्रेसले विपक्षी गठबन्धनको तर्फबाट यादवलाई उम्मेदवार बनाउन लागेको हो।
सत्तारूढ गठबन्धनले भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा रानालाई सभामुखको उम्मेदवार बनाउने भएको छ।
प्रकाशित: ६ माघ २०७९, शुक्रबार १३:५४