कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत पाए



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको १० औँ दिनमा शुक्रबार प्रदेशसभामा शर्माले विश्वासको मत प्राप्त गरेका हुन्।

४० सदस्यीय कर्णाली प्रदेश सभामा शर्माको पक्षमा २५ र विपक्षमा १४ मत खसेको थियो। नेकपा माओवादी केन्द्रको १३, नेकपा एमालेको ९, नेकपा एकीकृत समाजवादी र राप्रपाको १र१ र स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीको मत उनले प्राप्त गरेका हुन् । नेपाली कांग्रेसले भने विपक्षमा मतदान गरेको थियो।

शर्माले यसअघि विश्वासको मत माग्दै कर्णालीको सामाजिक, आर्थिक सूचकाङ्कमा सुधार ल्याउनेदेखि ‘समृद्धि कर्णाली’ बनाउनेसम्मका प्रतिबद्धता व्यक्ति गरेका थिए । यस्तै उनले वार्षिक १० हजार जनालाई रोजगारीमा जोड्ने बताए ।

Tags :

प्रकाशित: ६ माघ २०७९, शुक्रबार १७:५४