भारतसँग थप हवाई मार्ग उपलव्ध गराउन आग्रह



काठमाडौं। नेपालले भारतसँग थप हवाई मार्ग उपलव्ध गराउन आग्रह गरेको छ।

शुक्रबार नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सो आग्रह गरेका हुन्।

भेटवार्तामा सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेकोले थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरिएको मन्त्री किरातीले जानकारी दिएका छन्। यो विषयमा राजदूत श्रीवास्तव सकारात्मक रहेको मन्त्री किरातीले बताए।

उनले भने, ‘सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेको छ । त्यसैले थप हवाई प्रवेश मार्गका लागि अनुरोध महामहिम समक्ष गरियो । महामहिम श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सरकार सधैं सकारात्मक हुने बताउनुभयो।’

Tags :

प्रकाशित: ६ माघ २०७९, शुक्रबार १८:०९