एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन



काठमाडौं। गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो।

कोइरी कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीको सूचीमा छन्। उनलाई पक्राउ गर्न संसदमा समेत सांसदहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।     

Tags :

प्रकाशित: ६ माघ २०७९, शुक्रबार २०:४०