४४ वर्षे हिपकिन्स न्यूजिल्यान्डको प्रधानमन्त्री बन्दै



काठमाडौं। लेबर पार्टीका क्रिस हिपकिन्स न्यूजिल्याण्डका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्।

पार्टीबाट नेतृत्वका लागि एक मात्र उम्मेदवार बनेसँगै ४४ वर्षे हिपकिन्सले प्रधानमन्त्रीमा जेसिन्डा अर्डर्नको ठाउँ लिने पक्का भएको हो । बीबीसीकाअनुसार उनी प्रधानमन्त्री बन्ने पक्कापक्की भइसकेको छ ।

उनी पहिलोपल्ट सन् २००८ मा सांसद निर्वाचित भएका थिए।

नोभेम्बर २०२० मा उनलाई कोभिड १९ विशेषमन्त्री बनाइएको थियो । हिपकिन्स अहिले प्रहरी, शिक्षा तथा सार्वजनिक सेवामन्त्री छन्।

शुक्रबार अर्डर्नले प्रधानमन्त्री पद छोड्ने घोषणा गरेकी थिइन् । हिपकिन्स कति समय पदमा रहन पाउँछन् अनिश्चित छ । किनकि न्युजिल्याण्डमा अक्टुबरमा आम चुनाव हुँदै छ।

प्रकाशित: ७ माघ २०७९, शनिबार ११:०८