सभामुखले बोलाएको सर्वदलीय बैठक जारी



काठमाडौं। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा साढे ११ बजेदेखि सर्वदलीय बैठक सुरु भएको हो।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही सहभागी भएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक,अजय चौरासीया र जीवन परियार, नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वाला, जनता समाजवादी (जसपा)का प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाललगायत उपस्थित हुनुहुन्छ ।

सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो । उनी यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्। आजै उपसभामुखका लागि निर्वाचन हुँदैछ।

Tags :

प्रकाशित: ७ माघ २०७९, शनिबार १२:१०