काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले गृह मन्त्रालयले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई लेखेका पत्र सार्वजनिक गरेकोप्रति आपत्ति जनाएका छन्।
शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले सो विषयमा आपत्ति जनाएका हुन्। गृह मन्त्रालयले शुक्रबार साँझ मात्रै एक विज्ञप्ति जारी गरेर पटक पटक आग्रह गर्दापनि प्रहरीले सांसद महतोलाई पक्राउ नगरेको भन्दै ध्यानाकर्षण जनाएको थियो।
सो विषयमा आपत्ति जनाउँदै सांसद खतिवडाले प्रश्न गरेका छन्, ‘प्रहरीलाई लेखेको सूचना सार्वजनिक गर्ने हो भने गोपनियताको हक कहाँ रहने भयो?’
प्रकाशित: ७ माघ २०७९, शनिबार १३:५२