काठमाडौं। जनता समाजवादी पार्टीका नेता राज किशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहारप्रति कडा टिप्पणी गरेका छन्।
आफूहरूले विश्वासको मत दिएर सरकार गठनमा समर्थन जनाउँदा पनि सोही अनुसारको व्यवहार नभएको बताएका हुन्।
प्रतिनिधि सभाको शनिवारको बैठकमा उपसभामुख निर्वाचनका लागि सत्ता गठबन्धनकी उम्मेदवार इन्दिरा रानालाई समर्थन गर्दै जसपा सांसद यादवले प्रचण्डले पटक पटक मधेससँग आफ्नो लभ परेको बताए पनि बिहे अर्कैसँग गरेका बताए ।
यादवले भने-प्रचण्ड जीले लभ मधेससँग गर्छु भन्नुभयो। तर लिभिङ टुगेदर कांग्रेससँग र बिहे एमालेसँग गर्नुभयो।
उनले थारु र मधेसीलाई दिएको आश्वासन र लडाइमा लगाएको मूल्य प्रचण्डले तिर्ने बेला आएको बताए। उनले संविधान संशोधन गरेर सबैका माग सम्बोधन गर्न आग्रह गरे।
प्रकाशित: ७ माघ २०७९, शनिबार १६:०३