काठमाडौं। नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ।
दुई पार्टीका वार्ता टोलीबीच शनिबार पहिलो बैठक बसेको हो।
आजको बैठकले तीन महत्त्वपूर्ण विषयहरूमा सहमति भएको नेसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिएका छन्। जसअनुसार एकता शीघ्र सम्पन्न गर्न आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्ताबेज आदानप्रदान गर्ने सहमति भएको हो
त्यसै गरी वार्ता टोलीको अर्को बैठक माघ १० गते बस्ने पनि सहमति पनि भएको छ । गत आम निर्वाचनमा दुई पार्टीले एकै निर्वाचन चिन्हबाट चुनावसमेत लडेका थिए।
प्रकाशित: ७ माघ २०७९, शनिबार १६:१३