कोइला बालेर सुतेका चार जना निसास्सिएर अचेत



काठमाडौं। काठमाडौंको कोटेश्वरमा कोइला बालेर सुतेका चार जना निसास्सिएर अचेत भएको अवस्थामा फेला परेका छन्।

कोटेश्वर सहयोगीनगरस्थित एक घरमा शुक्रबार राति कोइला बालेर सुतेका चारजना अचेत अवस्थामा भेटिएका र उनीहरुको उपचार भएरहेको जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

उक्त घरमा बस्ने ९० वर्षीय छलमाया खत्री, ७० वर्षीय सिलमाया कटुवाल, २४ वर्षीय प्रमिला खत्री र ३५ दिने शिशु श्रीयाल खड्का अचेत अवस्थामा फेला परेका हुन्।

चारजना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुमध्ये तीन जनाको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको र एक जनालाई छाउनीस्थित आर्मी अस्पतालमा रिफर गरिएको एसपी मैनालीले जानकारी दिए।

Tags :

प्रकाशित: ७ माघ २०७९, शनिबार १७:४५