काठमाडौं। ट्रेड युनियन महासङ्घ जिफन्टका सचिव तारानिधी पन्तलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल भारत सीमा क्षेत्रमा भारतीय नक्कली रुपैयाँ किन्न खोजेको अवस्थामा रमेश भनेर चिनिने तारानिधी पक्राउ परेका हुन्।
प्रहरीले पन्त समूहको साथबाट नेपाली १० लाख रुपैयाँ बरामद गरेको छ। कारोबारीहरूले नेपाली १० लाख रुपैयाँमा भारतीय १ करोड किनेर कारोबार गर्ने गरेका थिए। जेब्रा झोलामा पैसा बोकेर गएको अवस्थामा रमेश पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाबारे अनुसन्धान गरिरहेको मधेस प्रदेशका डिआइजी वसन्त कुँवरले बताए ।
प्रकाशित: ८ माघ २०७९, आईतवार ०९:२६