काठमाडौं। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारले निर्देशन दिए आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाइने बताएका छन्।
सोमबार पर्यटनमन्त्री सुदन किराँतीलाई निगमको मुख्यालयमा स्वागत भेट कार्यक्रममा उनले यस्तो बताएका हुन्। निगमको आफ्नै स्रोतले २/३ वटा जहाज किन्न सक्ने बताउँदै उनले भने, ‘सरकारको निर्देशन प्राप्त हुनासाथ प्रक्रिया अगाडि बढाउँछौं ।’
अब छिट्टै निगमले आफ्नो कार्ययोजना मन्त्रालयमा पेश गर्ने बताए । राष्ट्रिय ध्वजावाहकले नाफाभन्दा सेवालाई प्राथमिकता दिएर उडान सेवा दिनुपर्ने उनको तर्क छ।
प्रकाशित: ९ माघ २०७९, सोमबार १३:०८