काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तीन जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ। प्राधिकरणले हङकङ विमास्थलमा एटीसीको निर्देशनविपरीत जहाज अवतरण गराउने निगमका ३ पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको हो।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पाइलटलाई कारबाही गर्न निगमलाई निर्देशन दिइसकेको जानकारी दिए। उनले भने, ‘एटीसीको निर्देशन नमानेकोले निलम्बन गर्न निर्देशन दिइएको हो।’
निलम्बन सिफारिस भएका निगमका पाइलटहरुमा उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा छन्। हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको उनीहरुमाथि आरोप छ।
प्रकाशित: ९ माघ २०७९, सोमबार १९:२७