काठमाडौं। संघीय संसद सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएको छ। संसद् सचिवालयले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले पाउने सेवा सुविधाबारे पत्रमार्फत जानकारी गराएको छ।
सचिवालयका अनुसार संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको सेवा सुविाधासम्बन्धी ऐनअनुसार देउवाले सेवा सुविधा पाउने छन्। रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिएपछि नेमकिपाले कांग्रेस पनि सत्ता पक्ष भएको भन्दै प्रमुख प्रतिपक्षी दलको मान्यता आफूले पाउनुपर्ने भन्दै संसद् सचिवालयमा निवेदन दिएको थियो। त्यसपछि कांग्रेसले पनि प्रमुख प्रतिपक्षी दलका नेताले पाउने सेवा सुविधाबारे जानकारी मागेपछि संसद सचिवालयले सेवा सुविधाबारे जानकारी दिएको हो।
प्रकाशित: ९ माघ २०७९, सोमबार १९:३५