काठमाडौं। हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात भएको छ।
हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ। लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन्।
हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ । बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपात हुँदा कोदो, चिनु, फापरलगायत हिउँदेवाली सप्रिने आशामा हुम्लाका किसान छन्।
तस्विरहरू : सौजन्य केशव विष्ट
प्रकाशित: १० माघ २०७९, मंगलवार ०८:२१