काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक माघ १२ गते बिहीबार बिहान ११ बजे बस्दै छ।
साङ्गठनिक र भावी योजनाका विषयमा पार्टी बैठकमा गम्भीर छलफल गर्ने तयारी गरेको हो ।
‘हामीले सङ्गठनको योजना बनाएर जाने तयारी गरेका छौँ । कतिपय जनवर्गीय सङ्गठनको भेला, सम्मेलन, सङ्गठन पुनर्गठन गर्ने छौँ’ पार्टी कोषाध्यक्ष श्रीराम ढकालले भने, ‘प्रदेश र जिल्लाका बैठकहरू आयोजना गरेर सङ्गठनलाई गतिशील बनाउनु पर्ने छ । सदस्यता वितरणको कार्यलाई अगाडि बढाउने छौँ ।’ पार्टीको कार्य विभाजन समेत नभएकाले बैठकबाट गरिने ढकालले बताए।
पार्टीमा पछिल्लो समय वैचारिक राजनीतिक प्रशिक्षण हुन नसकेकाले त्यसलाई समेत अघि बढाउने योजना बनाएको बताए।
‘हामीले महरा जीको नेतृत्वमा वार्ता टोली बनाए विभिन्न शक्तिसँग छलफल जारी राखेका छौँ । त्यसमा के कति प्रगति भयो भन्ने विषयमा बैठकमा छलफल हुनेछ’ ढकालले भने । स्थायी समिति बैठक सकिए लगत्तै केन्द्रीय समिति बैठक बस्ने ढकालले बताए ।
प्रकाशित: १० माघ २०७९, मंगलवार १३:१६