काठमाडौं। बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण एक जनाको मृत्यु भएको छ।
गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य बाजुराले जनाएको छ।
मंगलबार दिउँसो भुकम्प गएको बेला जंगलमा घास काटीरहेको बेला माथीबाट ढुगां खस्दा उनको मृत्यु भएको स्थानीयले बताएको प्रहरीको भनाइ रहेको छ।
घटना भएको भनिएको ठाउमा प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्य थापाले बताएका छन्।
थापाले भने स्थानीयले दिएको जानकारी अनुसार अपुस्ट खवर भएकोले यस बिषयमा प्रहरीको टोली घटना स्थलमा पुगेपछी मात्र जानकारी हुने उनले बताएका छन्।
त्यसै गरी भेडा चराउन गएका गौमुल गाउँपालिका-१ का एक जना घाइते भएका छन्। जंगलमा भेडा चराउन गएका बेला माथीबाट भिर फुटेर पहिरो जाँदा ४० देखी ५० भेडा मरेका र गाठालो गएका रामदल बोहरा घाईते भएको स्थानीय सुवास रोकायाले बताए।
उनको नजकिको स्वास्थ्य संस्थामा उपचार भइरहेको स्थानिय सुवास रोकायाले जानकारी दिएका छन्।
अहिले सम्मका तथ्याक अनुसार बडिमालिका नगरपालिका -७ रजातोलीका हरिचन्द पाध्या र सोही नगरपािलका-८ का हर्क गुरुग र बिरजिते चदाराका घरहरु भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
‘अरू क्षतिबारे प्रहरीले विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। त्यसै गरी बडिमालिका-७ सिराडीमा पनि एक घर भत्किएको र मानविय क्षेती नभएको बताइएको छ।
जिल्लामा दर्जनौ घरहरुमा क्षेती गरेको अनुमान गरिएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छया आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पको धक्का सुदूरपश्चिम र कर्णौलीका अधिकांश जिल्लामा भएको थियो।
प्रकाशित: १० माघ २०७९, मंगलवार १७:४३