काठमाडौं। आत्मदाहको प्रयास गरेर उपचारका क्रममा निधन भएका इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले उठाएका विभिन्न विषयमाथि छानबिन गर्न समिति बनेको छ ।
सतिमि गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा बनेको हो।
६ सदस्यीय समितिले आचार्यले उठाएका विषयका बारेमा छानबिन गरी सरकारले के-के गर्नुपर्ने हो, तत् सम्बन्धमा सुझाव दिने कार्यादेश पाएको छ।
समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक सदस्य रहनेछन्।
आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जाल फेसबूकमार्फत विभिन्न विषयहरूमाथि प्रश्न गरेका थिए ।
प्रकाशित: १३ माघ २०७९, शुक्रबार ०७:२२