लोकदोहोरी गायक भीम पौडेलको निधन



काठमाडौं। लोकदोहोरी गायक भीम पौडेलको मृत्यु भएको छ।

स्याङजा खुदी घर भएका उनी लामो समयदेखि लठ थिए। उनी केही समयदेखि विरामी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी बताउँछन्। उनको घरमै निधन भएको हो ।

“लामो समयदेखि उनी लोकदोहोरी गायनमा सक्रिय थिए । दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका भाइ हुन्,” लोक अध्यक्ष विजी भन्छन्, “उसले प्रतिस्पर्धा गरेका थुप्रै प्रतियोगितामा म नै निर्णाय थिएँ । राम्रो प्रतिभा भएको मान्छे हो ।”

पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए । रमेश भीमको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको बताउँछन् ।

“भीम शालिन स्वभावको प्रतिभावान गायक हुन् । उनको निधन समग्र लोक दोहोरी क्षेत्रकै लागि अपुरणीय क्षति हो,” उनले भने ।

 

Tags :

प्रकाशित: १३ माघ २०७९, शुक्रबार ०८:३२