सार्वजनिक जग्गामा बस्न पाउनुपर्ने भन्दै नयाँबानेश्वरमा धर्ना



काठमाडौं। स्थायी विकल्प विना नहटाउन माग गर्दै सुकुम्बासीहरुले नयाँबानेश्वरमा धर्ना दिएका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले तीनबुँदे माग राख्दे बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले भूमि अभियन्ताहरु विरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प विना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका हुन्।

Tags :

प्रकाशित: १३ माघ २०७९, शुक्रबार १४:२९