काठमाडौं। नेपाल सरकारका पूर्वसचिव रामेश्वर खनालले दोस्रो बिहे गरेका छन्।
खनालले सरिता शर्मा पोखरेलसँग वैवाहिक सम्बन्ध गाँसेका हुन्।
२१ असोज २०७६ मा श्रीमती सचित्रा खनालको क्यान्सरका कारण मृत्यु भएपछि रामेश्वरले एकल जीवन बिताइरहेका थिए।
१९ वर्षदेखि एकल जीवन बिताइरहेकी खनालले आफन्त र परिवारको प्रस्तावलाई स्वीकार्दै दोस्रो बिहे गरेका हुन्। खनाल र शर्मा दुवैका एक/एक छोरी छन्। शर्माका श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो।
प्रकाशित: १३ माघ २०७९, शुक्रबार १६:२७