काठमाडौं। सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन्।
शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन्।
सर्वोच्च अदालतबाट नागरिकता रद्द गरिएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गरेको बताएका छन्।
नागरिकता रद्दको फैसलापछि गृहमन्त्रालयबाट निस्कँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले फैसलाको स्वागत गरेका हुन्।
सञ्चारकर्मीले सोधेको एक प्रश्नमा उनले भने, ‘अनागरिकले के गर्छ सबले बुझेकै छन्।’
प्रकाशित: १३ माघ २०७९, शुक्रबार १९:१८