राष्ट्रपतिको निर्वाचन कुनै पनि हालतमा सार्न हुँदैन : कोइराला



विराटनगर। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन कुनै पनि हालतमा सार्न नहुने बताएका छन्।

शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उदघाटन गर्दै नेता कोइरालाले आगामी फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेका हुन् ।                                यस्तै कोइरालाले रवि लामिछानेको नागरिकता प्रकरणले देशमा कानुनी राज्य छ भनेर गतिलो उदाहरण देखाएको बताए।

कोइरालाले आफू गृहमन्त्री भएकाले लामिछानेले आफ्ना पक्षमा सम्पूर्ण राज्य संयन्त्र प्रयोग गरे पनि त्यसलाई चिर्दै अदालतले सही न्याय सम्पादन गरेको बताए।

Tags :

प्रकाशित: १४ माघ २०७९, शनिबार १३:३४