काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले रवि लामिछाने ‘अनागरिक/राज्यविहीन’ नभएको तर्क गरेका छन्।
शुक्रबार सर्वाेच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरेको छ। योसँगै उनी गृहमन्त्री तथा पार्टीगत सबै जिम्मेवारीबाट बाहिरिएका छन्।
यसबीच लामिछाने गैरनागरिक, अनागरिक तथा राज्यविहीन भएको टिप्पणी भइरहेको छ। तर यो कुरा संविधानतः गलत भएको तर्क राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले गरेका हुन्।
‘नेपालको संविधान, पृष्ठ ४ मा ‘नेपालको नागरिकता’…प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन् लेखिएको छ’, मिश्रले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन्। तसर्थ उनी अनागरिक/राज्यविहीन होइनन्।’
प्रकाशित: १४ माघ २०७९, शनिबार १५:०८