ऋषी धमला पत्नि एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश



बुटवल। पत्रकषर ऋषी धमला पत्नि तथा कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छिन्।

शनिबार बुटवलमा एक कार्यक्रमका बीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले उनलाई पार्टी प्रवेश गराकी हुन्।

उनले उद्देश्य एकदमै राम्रो लागेकाले आफू सो पार्टीमा प्रवेश गरेको बताए।

सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन पनि सो पार्टीमा आफू आवद्ध हुन पुगेको पनि स्पष्ट पारिन्।

‘यो पार्टीको उद्देश्य एकदमै राम्रो छ। उहाँहरुले गरिरहेको गतिविधिबाट म अत्यन्तै प्रभावित भएँ। मेरो पनि उद्देश्य बच्चादेखि लिएर वृद्धसम्मलाई लिएर उनीहरुको शिक्षा, स्वास्थ्यलाई लिएर म ध्यानाकर्षणमा राखिराखेको हुन्थे,’ उनले भनिन्, ‘मेरो मिसनलाई पूरा गर्न पनि अव सहज हुने भयो यो पार्टीमा आएपछि।’

Tags :

प्रकाशित: १४ माघ २०७९, शनिबार १९:५०