धनकुटा। धनकुटामा चलिरहेको धनकुटा महोत्सवमा भागदौड हुँदा ३० जना भन्दा धेरै घाइते भएका छन् । महोत्सवको सांगितिक कार्यक्रम अन्तरगत प्रमोद खरेलले गीत गाउने समयमा दर्शकको अत्याधिक ठेलम्ठेल हुँदा ३० जना भन्दा धेरै घाइत भएका हुन् । केहिको अवस्था गम्भीर छ ।
आयोजकले टिकट नहुनेहरुलाई कार्यक्रमस्थल छिर्न नदिँदा दर्शकको भागदौड मच्चिएको थियो । केहि घाइतेको जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाकी निमित्त प्रमुख ममता अधिकारीले घटनाको क्षति विवरण संकलन भइरहेको जानकारी दिइन् । प्रत्यक्षदर्शीले केही बालबालिकासमेत भीडमा च्यापिएको बताएका छन् ।
प्रकाशित: १५ माघ २०७९, आईतवार ०७:५४