काठमाडौं। निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नयाँ नागरिकता लिने प्रक्रियाका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय गएका छन्। उनी आउनु अगाडि नै जिप्रका परिसरमा भिड बढेको छ।
सर्वोच्च अदालतले शुक्रवार फैसला सुनाएपछि रवि नागरिकता विहीन छन्। उनी आज नयाँ नागरिकताका लागि जिप्रका गएका हुन्।
अहिले जिप्रका परिसरमा रविका कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति छ। प्रहरी सुरक्षा बढाइएको छ। सम्बन्धित समाचार सांसद पद गुमाएका रवि लामिछानेको पार्टी सभापति पद के हुन्छ ? रवि लामिछानेको नागरिकता प्रकरण: सर्वोच्चले गर्यो पद खारेजीको फैसला
प्रकाशित: १५ माघ २०७९, आईतवार ११:४९