रवि लामिछानेको पुरानै नागरिकता ब्यूतियो



काठमाडौं। रवि लामिछानेले नागरिकता पुनप्राप्ति गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (स्वतन्त्र) को केन्द्रीय समिति बैठक बस्दैछ।

पार्टी कार्यालय धुम्बाराहीमा अहिले केही बेरपछि बस्ने बैठकले लामिछानेलाई पुनः सभापतिमा फर्काउने निर्णय गर्दैछ।

‘अहिले केहीबेरपछि केन्द्रीय समिति बैठक बस्दैछ,’ उपसभापति डोलप्रसाद अर्यालले भने, ‘सभापतिको विषय लगायतका केही एजेण्डामाथि छलफल गरेर निर्णयमा पुग्छौँ।’

यसअघि शुक्रबार सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकताको प्रमाणपत्र नभएको भन्दै उनको सांसद पद खारेज गरेको थियो।

नागरिकता नभएकै कारण उनको नेतृत्वमा गठन भएको रास्वपाको सभापति पद पनि गुमेको थियो।

रविको पद गएपछि शुक्रबार बेलुका रास्वपाको आकस्मिक केन्द्रीय समितिको बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति चयन गरेको थियो।

साथै त्यही बैठकले अर्याललाई संसदीय दलको नेता पनि चयन गरेको छ।

रविको सांसद पद नै गएपछि चितवनमा कसरी जानेबारेमा छलफल गर्नेछ।

Tags :

प्रकाशित: १५ माघ २०७९, आईतवार १४:२३