मोन्टी देसाई बन्द प्रशिक्षणमा सहभागी



काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकको औपचारिक घोषणा नहुँदै मोन्टी देसाई बन्द प्रशिक्षणमा सहभागी भएका छन्।

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी सीडब्लुसी लिग २ एकदिवसीय सिरिजको बन्द प्रशिक्षणमा प्रशिक्षक देसाईंको उपस्थिति रहेको हो।

फागुन २ गतेबाट सुरु हुने सिरिजको लागि समयको अभावका कारण देसाई विज्ञको रूपमा प्रशिक्षणमा सहभागी भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

कार्यसम्पादन समितिले निवेदन दिएको कुल २४ मध्ये उत्कृष्ट ५ जनाको अन्तवार्ता लिएको थियो। समितिले देसाईको नाम सिफारिस गरेको थियो।

तथापि, सो सिफारिसलाई खेलकुद मन्त्रालयको मन्त्रिपरिषद्ले निर्णय गरेपश्चातमात्र क्यानले मोन्टिलाई औपचारिक रूपमा मुख्य प्रशिक्षक घोषणा गर्नेछ।

Tags :

प्रकाशित: १५ माघ २०७९, आईतवार १६:३०