काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
उनीहरूबीच आइतबार अपराह्न प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो।
निवर्तमान गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणपछि भएको यो भेटवार्तालाई महत्वका साथ हेरिएको छ।
ओली लामिछानेलाई पुन: गृहमन्त्री बनाउनुपर्ने पक्षमा छन्। भेटमा यसका अलावा राष्ट्रपति चुनाव र समसामयीक राजनीतिका विषयमा छलफल भएको बताइएको छ।
प्रकाशित: १५ माघ २०७९, आईतवार १७:०५